मकवानपुर र नवलपुरबाट चोरी भएका दुई वटा ट्रक चितवनमा भेटिए

मकवानपुर र नवलपुरबाट चोरी भएका दुई वटा ट्रक चितवनमा भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३ जेष्ठ २०८२
  • 4.7K
    Shares

चोरीका ट्रक भेटिए

पोखरा, ३ जेठ २०८२।

मकवानपुर र नवलपुरबाट चोरी भएका दुई वटा ट्रक चितवनको खैरहनीस्थित पुर्व-पश्चिम लोकमार्ग सडकखण्डको किनारमा भेटिएका छन्।

गएको बैशाख ३० गते नवलपुरस्थित ग्यारेजबाट चोरी भएको ना. ३ ख ७३२० नं.को ट्रक र हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ बाट गएको जेठ १ गते चोरी भएको मे. १ ख १४५७ नं. को ट्रक आज चितवनको खैरहनी नगरपालिका वडा नं. ९ स्थित पुर्व-पश्चिम लोकमार्ग सडकखण्डको किनारमा भेटिएको हो।

खैरहनीस्थित लोकमार्ग सडकखण्डको किनारमा भेटिएका दुई वटा ट्रकहरुमध्ये ना ३ ख ७३२० नं.को ट्रक हेटौडा उपमहानगरपालिका वडा नम्बर १२ बस्ने ईश्वर बलामी र मे १ ख १४५७ नं. को ट्रक हेटौडा उपमहानगरपालिका वडा नम्बर ३ निवासी हरि बहादुर डंगोलको भएको प्रहरीले जानकारी दिएको छ।

ती दुवै ट्रक सम्बन्धित धनीहरुलाई बुझाइएको र चोरी गर्ने व्यक्तिको खोजि भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार