गएराती रुपन्देहीमा भारतीय कार र नेपाली पिक अप ठोक्किए : दुई भारतीयको मृत्यु, एक घाइते

गएराती रुपन्देहीमा भारतीय कार र नेपाली पिक अप ठोक्किए : दुई भारतीयको मृत्यु, एक घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३ जेष्ठ २०८२
  • 3.6K
    Shares

पोखरा, ३ जेठ २०८२।

गएराती रुपन्देहीमा भारतीय कार र नेपाली पिक अप ठोक्किदा दुई जनाको मृत्यु भएको छ।

भैरहवाबाट तौलिहवातर्फ जादै गरेको लु १ ज ४७२० नम्बरको पिकअप र विपरित दिशाबाट आउँदै गरेको भारतीय युपि ५३ डिएक्स ५२१४ नं.को कार रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ०६ लोखडिया स्थित भैरहवा-तौलिहवा हुलाकी सडकखण्डमा गएको मध्यराती करिब १२ बजे एकआपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको हो।

उक्त दुर्घटनामा परेर मृत्यु भएका एक जनाको पहिचान खुल्न बाँकी रहेको भए पनि अर्को एक जना भारतको सिद्धार्थनगर ग्राम सिवपतिनगर बस्ने वर्ष ३७ को कृष्ण चन्द्र मौर्य रहेको लुम्बिनी इलाका प्रहरी कार्यालयक प्रहरी निरक्षक दिपक मगरातीले जानकारी दिए ।
सोही दुर्घटनामा घाईते चालक भारत जिल्ला अम्बेटकरनगर बस्ने वर्ष ३५ को नगेन्द्र बर्माको भिम अस्पताल भैरहवामा भइरहेको प्रहरीले जानेको छ।

लु १ ज ४७२० नम्बरको पिकअपमा चालकसहित पाँच जना सवार रहेको जिल्ला रुपन्देहीको सम्मरिमाई गाउँपालिका—४ मोतिपुर बस्ने वर्ष १८ को दिपेन्द्र कहारको टाउकोमा चोट लागेको र आवस्था गम्भिरहेको त्यही गाँउका बस्ने वर्ष २३ को चन्द्रमान कहारको अवस्था समान्य रहेको, चालकसहित तीनै जानको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार