म्याग्दीमा श्रीमतीसँग मिलेर घरेलु कामदारको बाउसोले हानेर हत्या

म्याग्दीमा श्रीमतीसँग मिलेर घरेलु कामदारको बाउसोले हानेर हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३ जेष्ठ २०८२
  • 5.8K
    Shares

पोखरा, ३ जेठ २०८२।

म्याग्दीमा एक दम्पत्तिले आफ्नै घरमा काम गर्ने कामदारको हत्या गरेका छन्।

जिल्लाको धवलागिरी गाउँपालिका वडा नम्बर ५,मल्कवाङका मा ५७ बर्षिय बलबहादुर दमाई र उनको श्रीमती कर्मती दर्जी मिलेर आफ्नै घरमा काम गर्ने ४६ वर्षीय नबहादुर दमाईको हत्या गरेका हुन्।

बलबहादुरका दम्पत्तिले आफ्नो घरमा काम गर्ने नरबहादुर दमाईको गत बैशाख २८ गते बाउसोले प्रहार गरी हत्या गरेपश्चात करिब घरभन्दा करीब सात सय मिटर तल लगेर फालेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए।

मृतक मनबहादुरको शरीरमा बाउसोले शरीरका विभिन्न भागमा हानेको गहिरो घाउचोट देखिएको प्रहरिले बताएको छ।

‘दम्पत्तीले मिलेर हत्या गरेको स्वीकार गरिसकेका छन्, घटनाको थप अनुसन्धान भइरहेको छ’ प्रहरी निरीक्षक पौडेलले भन्नुभयो । अभियुक्त दम्पत्तीलाई जिल्ला अदालत म्याग्दीबाट म्याद थप गरी कर्तब्य ज्यान अन्तरगत मुद्दामा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार