पोखरा, २ जेठ २०८२।
काठमाण्डौस्थित चार्जिङ सेन्टरबाट माइक्रोबस चोरी गरेर भाग्दै गरेका स्याङ्जाका एक युवा धादिङमा पक्राउ परेका छन्।
स्याङ्जाको बिरुवा गाउँपालिका–१ घर भइ बनस्थली बस्ने १९ वर्षीय सुदीप थापा काठमाडौँको बनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरमा राखेको माइक्रोबस चोरी गरेको आरोपमा पक्राउ परेका हुन्।
थापा माइक्रोबस चोरेर भाग्दै गर्दा जिल्ला प्रहरी कार्यालय धादिङको सहयोगमा धादिङबाट पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रबक्ता एसपी अपील राज बोहराले जानकारी दिए।
गएको चैत २९ गते बिहान साढे ४ बजेतिर बनस्थलीको विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरमा राखेको बागमती प्रदेश ०१–००२ ज ६७६६ नम्बरको मोइक्रोबस उनले चोरी गरेको प्रहरीले बताएको छ।
पक्राउ परेका थापाविरुद्ध चोरी कसुरमा अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।