पोखरा, २ जेठ २०८२।
ढुंगागिटी निकाल्दा बनेको रहमा डुबेर गोरखामा इन्जिनियर बन्ने सपना बोकेका एक किशोरको मृत्यु भएको छ।
कालिका हाइड्रो पावरले बाँध बनाउने क्रममा ढुंगागिटी निकाल्दा अजिरकोट र बारपाक सुलिकोट गाउँपालिकाको सीमास्थित दरौंदी खोलामा बनेको रहमा डुबेर बारपाक सुलिकोट ४ जोडाँडा–लामागाउँका १६ वर्षीय सिजल गुरुङको मृत्यु भएको हो ।
प्राप्त जानकारी अनुसार , एसईई दिएर बसेका सिजल आफ्ना अन्य चार साथीसंग मिलेर उक्त रहमा पौडी खेल्न पुगेका थिए। राम्रोसंग पौडी खेल्न नजान्ने सिजल सोही क्रममा गहिरोतिर पुगेपछि डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
इन्जिनियर बन्ने लक्ष्यसहित सिजलले हिमालय मावि सौरपानीमा कम्युटर सिकिरहेका प्राप्त जानकारीमा उल्लेख छ।