पोखरा, ३० बैशाख २०८२।

काभ्रेको पनौतीमा सोमबार भीषण वर्षा हुँदा पनौती नगरपालिका वडा नम्बर ३, ५, ६, ४, ७, ८, ९, १० मा ठूलो क्षति भएको छ भने कुलोले बगाउँदा पनौती नगरपालिका ५ स्थित सुब्बा गाउँकी २८ वर्षीया रेनुका गिरी वेपत्ता भएकी छिन्।
असोजको बाढीले क्षतविक्षत पारेका र अस्थायी रुपमा निर्माण गरिएका खानेपानीका पाइपहरु बगाएको पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले जानकारी दिए।
असोजको बाढीपछि निर्माण गरिएको ३ किलोमिटर अस्थायी बाटो पनि बगाएको छ। आलु खन्ने बेलाका खेतहरू डुवानमा परेका छन्। आजको वर्षापछि रोशी खोलामा पुनः बाढी आएको छ।
गत असोजको बाढीमा परी पनौती नगरपालिकामा मात्रै २२ जनाको निधन भएको थियो।