पोखरा, २९ बैशाख २०८२।
रुकुम पश्चिममा भएको स्कर्पिओ कार दुर्घटनामा परेर कुलपुजामा सहभागी हुन जाँदै गरेका दम्पत्तिको मृत्यु भएको छ।
हाल बसोबास गर्दै आएको दाङबाट कुलपूजामा सहभागी हुन रुकुम पश्चिमको सानीभेरी–१० सार्कीमारेस्थित आफ्नो पुरानो गाउँतिर जाँदै गरेका दम्पत्तिको स्कर्पिओ कार दुर्घटनामा परेर मृत्यु भएको हो।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० तिमिलेमा सोमबार दिउसो लुम्बिनी प्रदेश ०२००१ च ०१७७ नम्बरको स्कोरपियो कार दुर्घटनाग्रस्त हुँदा दाङका ५० वर्षीय नरबहादुर ओली र उनकी श्रीमती ४४ वर्षीया लिला ओलीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। श्रीमान नरबहादुरको घटनास्थलमै र उनकी श्रीमती लीला ओलीको उपचारका लागि चौरजहारीतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्राप्त समाचारमा जनाइएको छ।
सोही कारमा यात्रारत नरबहादुरकी माइली आमा र चालक दु’र्घटनामा परी गम्भी’र घा’इते भएका छन् । उनीहरुलाई चौरजहारीको मिसन अस्पतालमा पुर्याइएको छ ।