पोखराका पूर्ब पत्रकार बास्तोलाको मोटरसाइकल दुर्घटनामा मृत्यु

पोखराका पूर्ब पत्रकार बास्तोलाको मोटरसाइकल दुर्घटनामा मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २८ बैशाख २०८२
  • 33.7K
    Shares

पोखरा, २८ बैशाख २०८२।

पोखराका पूर्ब पत्रकार देबेन्द्र बास्तोलाको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ। उनी चढेको मोटरसाइकल शनिबार लेखनाथको तालवेंसीमा दुर्घटना हुँदा निधन भएको आफन्त सञ्जयकिशोर बास्तोलाले जानकारी दिए ।

४६ वर्षीय बास्तोला पोखरामा लामो समय पताकारिता गरेर राजनीतिमा होमिएका थिए। उनी नेपाल पत्रकार महासंघ कास्कीका पूर्व सदस्य हुन् भने अघिल्लो स्थानीय तह निर्वाचनमा पोखरा–११ मा एमालेबाट अध्यक्ष पदका उम्मेदवारसमेत थिए ।

उनी हाल पोखरा न्यूरोडको पिपल्स बचत तथा ऋण सहकारी संस्थाका सचिव थिए । लामो समय मणिपाल शिक्षण अस्पतालमा समेत कार्य गरेका उनी विभिन्न सामाजिक संघसंस्थामा पनि आबद्ध थिए । उनका आमा, श्रीमती र छोरा छन् ।

शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार