पोखरा, २७ बैशाख २०८२।
गएराति चितवनमा गुडिरेहको बसमा आगलागी भएको छ। पर्साबाट चितवनको पिठुवातर्फ जाँदै गरेको बागमती प्रदेश ०६-००१ ख ०१८८ नम्बरको बस चितवनको रत्ननगर नगरपालिका- १६ कयरखोलानजिकै पुग्दा गुडिरहेकै अवस्थामा आगलागी भएको हो ।
आगलागीबाट बसमा क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। आगलागीको कारण खुल्न सकेको छैन।
घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट पिठुवाबाट प्रहरी निरीक्षक तारकेश्वर राईको नेतृत्वमा टोली खटिएको थियो। स्थानीय बासिन्दा, नेपाल प्रहरी तथा खैरहनी नगरपालिकाको दमकलको सहयोगमा आगो ११ः०५ बजे नियन्त्रणमा ल्याइएको प्रहरीले जानकारी दिएको छ।
उक्त बस मालिक समेत रहेका चितवन शक्तिखोर बस्ने ५२ वर्षीय कुल बहादुर रायमाझीले चलाएको बताइएको छ।