ब्युटी पार्लरको आडमा युवासँग कमिशन लिएर युवती मिलाइदिने धन्दा चलाउने महिला दमौलीमा पक्राउ

ब्युटी पार्लरको आडमा युवासँग कमिशन लिएर युवती मिलाइदिने धन्दा चलाउने महिला दमौलीमा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २५ बैशाख २०८२
  • 25.9K
    Shares

महिला पक्राउ

पोखरा, २५ बैशाख २०८२।

तनहुँ सदरमुकाम दमौलीबाट एक जना ब्युटीपार्लर ब्यबसायी महिला पक्राउ परेकी छिन्। यौन सम्पर्कमा आउने गरेका युवासँग कमिशन लिएर युवती मिलाइदिने गरेको आरोपमा ४२ बर्षीय पार्वती आले पक्राउ परेकी हुन्।

दमौली बजारमा ब्युटीपार्लर संचालन गर्दै आएकी आलेलाई बैशाख १९ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी बीरेन्द्र बहादुर शाहीले जानकारी दिए।

आलेबिरुद्ध तनहुँ जिल्ला अदालतबाट मानव बेचबिखन ओसारपसार उद्योगमा मुद्दा दर्ता गरी चार दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको एसपी शाहीले बताए ।

अभियुक्त महिलाले आफ्नो ब्युटीपार्लरको सम्पर्कमा आउने पुरुषलाई युवतीसंग सम्पर्क गराई दमौली बजारभन्दा बाहिर पठाएर बेश्याबृत्ति गराउने गरेको आरोप प्रहरीले लागाएको छ।

गतहप्ता मात्रै दमाैलीमा हाेटल व्यवसाय गर्ने एक महिला मानव बेचबिखन मुद्दामा कारागार चलान भएकी थिइन्।

प्रतिक्रिया
सम्बन्धित समाचार