लागू औषधसहित पोखराबाट दुई जना युवा पक्राउ

लागू औषधसहित पोखराबाट दुई जना युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २४ बैशाख २०८२
  • 4.6K
    Shares

पोखरा, २४ बैशाख २०८२।

पोखराबाट लागू औषधसहित दुई युवा पक्राउ परेका छन्। पोखरा महानगरपालिका वडा नम्बर १३ बाट लागू औषधसहित दुई युवा पक्राउ परेका हुन्।

पक्राउ परेका युवाहरुमा झापा धुलाबी स्थाई बसोबास भई हाल पोखरा महानगरपालिका वडा न. ८ जाल्पारोड बस्ने बर्ष २४ को सुवास राजवंशी र पोखरा ९ पृथ्वीचोक बस्ने बर्ष ३५ को लक्ष्मण गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले सोमबार दिउसो ११ बजे पक्राउ गरिएको प्रहरीले दाबी गरेको छ।

उनीहरुको साथबाट सिरिन्ज सहित लागू औषध वुर्फिन नर्फिन नौएम्पुल, डाईजेपाम नौएम्पुल र फेनारगन नौ एम्पुल गरी २७ एम्पुल, विभिन्न कम्पनीका मोवाईल तीन थान र नगद रु.२९ हजार पन्च सय समेत बरामद भएको प्राप्त समाचारमा जनाइएको छ।

उनीहरुविरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार