पोखरा, २३ बैशाख २०८२।

काठमाडौंको बालाजुमा कुमारी बैंकको एटिएम मेशीन फोड्दा-फोड्दै मध्यराती एक जना पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका वडा नम्बर १६ बाइपास ओरालोस्थित कुमारी बैंकको एटिएम मेशीन फोड्दा-फोड्दै मध्यराति साढे १२ बजे नुवाकोट बिदुर नगरपालिका वडा नं। १३ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं। १६ माछापोखरी सडक पेटीमा बस्ने वर्ष २९ को ज्ञानेन्द्र ठकुरी पक्राउ परेका हुन्।
सिमेन्टको ब्लक प्रयोग गरेर एटिएम मेशीन फोड्दै गर्दा ठकुरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।