पोखरा, २३ बैशाख २०८२।
उदयपुरमा स्कुल बस पल्टिँदा २० जना विद्यार्थी घाइते भएका छन् ।
उदयपुरको नेपालटारबाट गैयातर्फ विद्यार्थी बोकी आउँदै गरेको ना ३ ख ६१९५ नं को लिटल फ्लावर्स बोर्डिङ स्कूलको बस सोमबार दिउँसो ४ः४० बजे उदयपुरगढी ६ मवासेस्थित मदन भण्डारी राजमार्गमा पल्टिदा २० जना घाइते भएका हुन्।

उक्त दुर्घटनामा १२ जना छात्रा र शिक्षकसहित ८ जना छात्र घाइते भएका प्रहरीले जानकारी दिएको छ।
प्रहरी टोलीले उद्धार गरी उनीहरूलाई उपचारार्थ जिल्ला अस्पताल उदयपुर पठाएको थियो ।बस चालक उदयपुरगढी ६ बस्ने २९ वर्षीय वीरबहादुर नेपाली सकुशल रहेका छन् ।
