धनकुटामा बस दुर्घटना : चालकसहित दुई जनाको मृत्यु : १२ जना घाइते

धनकुटामा बस दुर्घटना : चालकसहित दुई जनाको मृत्यु : १२ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २३ बैशाख २०८२
  • 4.2K
    Shares

पोखरा, २३ बैशाख २०८२।

धरानबाट भोजपुर तर्फ जादै गरेको को १ ख २१७७ नम्बरको यात्रुवाहक बस सोमबार धनकुटामा दुर्घटनाग्रस्त हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन्।

भोजपुरतर्फ जाँदै गरेको को १ ख २१ ७७ नम्बरको बस सोमबार बिहान धनकुटा नगरपालिका– ६ मा उकालो चढ्ने क्रममा एयर पाइप फुटेर ब्रेक नलाग्दा अनियन्त्रित भै पल्टिदा चालकसहित दुई जनाको मृत्यु भएको हो।

उक्त दुर्घटनामा धनकुटा नगरपालिका– ६ कि ७३ वर्षीया कृष्ण कुमारी राई (भुजेल)को तत्काल र गम्भीर घाइते भै उपचारार्थ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याइएका बसका चालक सुनसरीको धरान उपमनपा १३ बस्ने वर्ष ५१ को रुद्र तामाङको साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ ।

उक्त दुर्घटनामा घाइते हुनेमा भोजपुर जिल्ला षडानन्द नगरपालिका वडा नम्बर १३ बस्ने वर्ष अन्दाजि २० को सुर्यमणी तामाङ, सोही स्थानका ११ बर्षिया अनमोल तामाङ,सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर २ बस्ने ४८ बर्षिया कृष्ण राउत, भोजपुर पौवादुम्बा गापा वडा नम्बर ३ च्याङ्रे बस्ने वर्ष ८० को गंगा प्रसाद सापकोटा , भोजपुर नपा ११ बस्ने वर्ष २४ की सविना बराइली,भोजपुर नपा ११ बस्ने वर्ष ६० को देवी विक, धनकुटाको साँगुरीगढी गापा ६ बस्ने वर्ष ६० को हंश वहादुर राई, भोजपुर षडानन्दा नपा ११ बस्ने वर्ष ५१ को पुर्ण माया तामाङ,सुनसरी इटहरी उपमनपा ४ बस्ने वर्ष १७ को आयुष , धनकुटा नगरपालिक वडा नम्बर ६ बस्ने वर्ष ३४ को धन कुमार , भोजपुर नपा ११ बस्ने वर्ष ५८ को लिला बहादुर श्रेष्ठ,धनकुटा साँगुरीगढी गाँउपालिका वडा नम्बर ०६ बस्ने वर्ष ६० की दिर्घ माया राई रहेका छन् ।

दुर्घटनामा घाइते भएकामध्ये थप तीन जनाको अवस्था गम्भीर रहेको र अन्य १२ जनाको उपचार भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार