सोलुखुम्बुमा दाउरा बोक्ने क्रममा कुटाकुट एक जनाको मृत्यु

सोलुखुम्बुमा दाउरा बोक्ने क्रममा कुटाकुट एक जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २३ बैशाख २०८२
  • 7.8K
    Shares

जन्तरे भन्ने पेम्वा तामाङ

पोखरा, २२ बैशाख २०८२।

सोलुखुम्बुमा दाउरा बोक्ने क्रममा भएको झगडामा कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ।

सोलुदुधकुण्ड नगरपालिका ३ थाप्रेमा दाउरा बोक्ने क्रममा झगडा हुदा सोहि स्थानको पिकेखोप बस्ने ४५ वर्षीय ङवाङ शेर्पाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रविण श्रेष्ठले दिएको जानकारी अनुसार , उनलाई आइबार दिउसो करिब साडे ३ बजेको समयमा दाउरा बोक्ने क्रममा झगडा भएपछि लिखुपिके गाउँपालिका वडा नं.०१ गोलि बस्ने जन्तरे भन्ने पेम्वा तामाङले कुटपिट गरेका थिए। कुटपिटका क्रममा दाउराले खुट्टामा चोट लागेर ङवाङ शेर्पा घाइते भएकोमा जुकविर तामाङको घरमा आई सुतेको अवस्थामा भोलिपल्ट बिहान करीन ५ . ५० बजे विस्तारामै मृत भेटिएको प्रहरीले जानकारी दिएको छ।

उक्त घटनाको बारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु र अस्थायी प्रहरी चौकी तामाखानीबाट खटिएको प्रहरी टोलिले अभियुक्त तामाङलाई नियन्त्रणमा लिइ जिल्ला अदालत सोलुखुम्बुबाट अनुसन्धानका लागि १० दिनको म्याद थप गरिएको बताइएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार