पोखराको कोटीहोममा ह्वात्तै भक्तजन बढ्न थाले : ४० युनिट रगत संकलन

पोखराको कोटीहोममा ह्वात्तै भक्तजन बढ्न थाले : ४० युनिट रगत संकलन


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २० बैशाख २०८२
  • 6.7K
    Shares

पोखरा, २० बैशाख २०८२।

पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा भक्तजनहरुको संख्या ह्वात्तै बढेको छ छ। कोटीहोम उद्घाटनसंगै आयोजित कलश यात्रापछिका दिनहरुमा भक्तजनहरु ह्वात्तै बढ्न थालेका हुन्।

कोटीहोमको १६औँ दिन शनिबार मात्र करिब १५ हजार भक्तजन सहभागी भएका कोटीहोमका प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए।

कोटीहोममा एक सय कुण्डमा दैनिक रुपमा हवन, भजन चुट्का प्रतियोगिता, चर्चित भारतीय व्यासाचार्य प्रशान्त कृष्ण पंराकुशजीमार्फत रामायण प्रवचन, वाचिका सुप्रियामार्फत दैनिक कथा वाचनलगायतका कार्यक्रम जारी छ । दैनिक जसो एक सय वटा हवन कुण्डमा तीन, तीन जना ब्राह्मणले भगवती गायत्री मन्त्र विधिबाट हवन गरिरहेका छन् । कोटीहोममा एक सय आठ भागवत महापुराण पाठ परायण, चार वेद पाठ परायण, सप्तचण्डी, अति रुद्री, मन्त्र जपलगायतमा ब्राह्मणले पाठ गरे ।

यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार , कोटीहोमस्थलमा आजै आयोजित रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन आयोजक मानव फाउन्डेशनले जानकारी दिएको छ।

यता आजैदेखि खुला भजन चुट्का प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा देशभरबाट करिब तीन सय जनाले प्रतिस्पर्धा गर्ने संयोजक प्रजापति पराजुलीले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेलाई तीन लाख ५५ हजार पाँच सय ५५, द्वितीय हुनेलाई दुई लाख ५५ हजार पाँच सय ५५, तृतीय हुने समूहलाई एक लाख ५५ हजार पाँच सय ५५ तथा सान्त्वना हुने दुई जनालाई जनही ६५ हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा विभिन्न ११ विधामा २५ हजार पाँच सय २५ रुपैयाँका दरले पुरस्काको व्यवस्था छ ।

कोटीहोम २०८२ जेठ २६ गतेसम्म पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आपपासका स्थानीयको जग्गामा सञ्चालन हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार