गएराती डोटीमा जिप दुर्घटना : एकको मृत्यु, ६ जना घाइते

गएराती डोटीमा जिप दुर्घटना : एकको मृत्यु, ६ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १७ बैशाख २०८२
  • 8.1K
    Shares

पोखरा, १७ बैशाख २०८२।

गएराती डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।

धनगढीबाट बैतडीको पुर्चौडी गइरहेको सूपप्र ०२००१ ज ०५६७ नम्बरको जिप डोटीको जोरायल गाउँपालिका–२ मेलखोला स्थित भीमदत्त राजमार्गमा गए राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो भने अन्य ६ जना घाइते भएका छन् ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका ४५ वर्षीय हर्कबहादुर नेगीलाई उपचारार्थ धनगढीस्थित माया मेटो अस्पताल पुर्याइएकोमा अस्पतालाले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपीविनोद शर्मा जानकारी दिए।

प्रहरीका अनुसार , सोही दुर्घटनामा परेर बैतडी डिलासैनी गाउँपालिका–४ का २७ वर्षीय धीरेन्द्र नेगी, ४४ वर्षीय जगदीश जोशी, ५३ वर्षीय रामबहादुर नेगी, ६५ वर्षीया धना नेगी, २८ वर्षीय वीरबहादुर नेगी र चालक २४ वर्षीय अशोक बम घाइते भएका छन् । घाइतेमध्ये ६५ वर्षीया धना र चालक बमको अवस्था गम्भीर छ । घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । सांकेतिक चित्र

प्रतिक्रिया
सम्बन्धित समाचार