पोखरा, १६ बैशाख २०८२।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफू प्रधानमन्त्री हुँदा नेपाल भारतबीचको सिमा बिबाद समाधान गर्न दुवै सरकारका प्रतिनिधिहरु समेटेर बनाइएको प्रबुद्ध समूह (इपिजी) ले तयार पारेको प्रतिनेदन भारत सरकारले अस्वीकार गरेको संकेत लिएर नेपाल फर्किएका छन्।
आफ्नो एकदिने भारत भ्रमण सकेर नेपाल फर्किएपछि त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै डा.भट्टराईले ईपीजीले काम गर्न सकेन भन्ने भारतको उच्च तहको निर्णयजस्तै भइसकेको भन्ने बारे भारत सरकारको आधिकारिक धारणा सार्वजनिक गरे। उनले अब नेपाल र भारतबीचका समस्या ससमाधान गर्न प्रधानमन्त्री तहमै सघन वार्ता हुनुपर्ने कुरा आफूले भारतीय नेताहरुलाई राखेको बताए।
विशेषगरी भारतीर रक्षामन्त्री राजनाथ सिंहसँग यो कुरा राखेको र यसमा उनी पनि सहमत भएको भट्टराइले बताए। ‘यी विषयमा समष्टिगतरुपमा ईपीजीमार्फत हल गर्न पाए हुन्थ्यो भनेर मेरै पालामा अगाडि बढाएका हो,’ भ्रमणबाट फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारहहरुसँग कुराकानी गर्दै भट्टराईले भने, ‘त्यो नभएको खण्डमा चाहिँ नेपाल भारतबीचको समस्यालाई चाहिँ दुवै देशका प्रधानमन्त्री स्तरमा नै संघन वार्ता गरेर यसलाई हल गर्नु राम्रो हुन्छ भन्ने कुरामा उहाँले पनि सहमति जनाउनु भयो र असाध्यै सौहार्दरुपमा कुराकानी भयो।’
यही सन्देश प्रधानमन्त्री मोदीसँग पनि पुर्याउन आफूले आग्रह गरेको उनले जानकारी दिए। ‘मैले पनि उहाँलाई यो विषयमा प्रधानमन्त्री मोदीजीसँग पनि राम्रो सन्देश पुगोस् भन्ने कुरा गरेँ,’ भट्टराईले भने, ‘नेपालसँगको सम्बन्धलाई सहजीकरण गर्न विशेष ढंगले ध्यान पुगोस् भन्ने ढंगमा कुराकानी भयो।’