पोखरा, १६ बैशाख २०८२।
म्याग्दीमा आज एकाबिहानै श्रीमतीको हत्या गरेर जंगलमा गएर लुकेका एक युवालाई प्रहरीले पक्राउ गरेको छ।
म्याग्दीको बेनी नगरपालिका-७ मङ्गलाघाटमा आज बिहानै २७ वर्षीया श्रीमती भगवती विकको हत्या गरेर भागेका उनका श्रीमान जंगलमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन्।
पर्वतको जलजला गाउँपालिका–३ पारिबेनी घर भई हाल मङ्गलाघाटको आरनटोलमा बस्दै आएका राजु विकले श्रीमती भगवती बिकलाई दाउराले हानेर हत्या गरे पछि बेनी नगरपालिका–२ को ज्यामरुककोट सामुदायिक वनमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए।
भगवतीको शबलाई पोस्टमार्टमका लागि बेनी अस्पतालमा पठाईएको र राजुलाई हिरासतमा राखेर अनुसन्धान थालिएको हरी निरीक्षक पौडेलले बताए ।
घरायसी विषयमा विवाद हुँदा राजुले श्रीमतीको टाउकोमा दाउराले हानेको र सोही चोटकाकारण उनको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।