पोखरा, १५ बैशाख २०८२।
सरकारी वकिल कार्यालय कैलालीबाट हतकडीसहित भागेकी थुनुवा महिला भारतबाट पक्राउ परेकी छन् । मानव बेचबिखन मुद्दामा पक्राउ परेर शनिबार जिल्ला सरकारी वकिलको कार्यालयबाट भागेकी टीकापुर नगरपालिका वडा नम्बर १ की ५० वर्षीय मीना शाही दमाई भारतको पलियाबाट पक्राउ परेकी हुन्।
उनलाई भारतको पलियामा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए। दमाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लैजाने क्रममा भागेकी थिइन् ।
हतकडीसहित थुनुवा भागेपछि दुईजना प्रहरीलाई कारवाही गरिएको छ । प्रहरी सहायक हवल्दार चक्र अधिकारी र प्रहरी जवान लोकराज जोशीलाई निलम्बन गरिएको एसपी बिष्टले बताए ।