जिल्ला सरकारी वकिलको कार्यालय कैलालीबाट थुनुवा महिला हतकडीसहित भागिन्

जिल्ला सरकारी वकिलको कार्यालय कैलालीबाट थुनुवा महिला हतकडीसहित भागिन्


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १४ बैशाख २०८२
  • 5K
    Shares

जिल्ला सरकारी वकिलको कार्यालय कैलाली

पोखरा, १४ बैशाख २०८२।

धनागढ़ीस्थित जिल्ला सरकारी वकिलको कार्यालय कैलालीबाट एक थुनुवा महिला हतकडीसहित भागेकी छिन् ।

मानव बेचबिखन मुद्दामा इलाका प्रहरी कार्यालय टीकापुरले पक्राउ गरेर म्याद थपका लागि सरकारी वकिल कार्यालय केलाली पुगाइएको बेला ५० वर्षीया मिना शाही दमाई हतकडीसहित भागेकी हुन् ।

उनलाई इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले म्याद थपका लागि सरकारी वकिल कार्यालय पुगाएको थियो ।

महिला दिउँसो सवा २ बजे नै हतकडीसहित भागेको भएपनि दुई बजेर ४० मिनेटमा मात्र सम्बन्धित टोलीले माथिल्लो निकायमा रिपोर्ट गरेको थियो । दमाईको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीमाथि आफन्त नाता पर्ने बालिकालाई भारतमा बेचबिखन गरेको अभियोग लागेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार