संखुवासभामा गएराती शंकाश्पद तरीकाले ७२ वर्षीय वृद्धको हत्या

संखुवासभामा गएराती शंकाश्पद तरीकाले ७२ वर्षीय वृद्धको हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १४ बैशाख २०८२
  • 3.8K
    Shares

पोखरा, १४ बैशाख २०८२।

संखुवासभामा गएराती शंकाश्पद तरीकाले ७२ वर्षीय वृद्धको हत्या भएको छ । जिल्लाको खाँदवारी नगरपालिका-९ तुम्लिङटारमा ७२ वर्षीय मीनबहादुर कुमालको शंकास्पद हत्या गरिएको हो ।

गएराती करीब १२ बजेको समयमा आएका दुई जना अपरिचित व्यक्तिहरुले आफ्नो सुतिरहेका ७२ वर्षीय श्रीमान मीनबहादुर कुमालको घाँटी थिचेर हत्या गरेको श्रीमतीले प्रहरीलाई बताएकी छन।

श्रीमानमाथि आक्रमण हुन थाले पछि गुहार माग्न बाहिर निस्किएको र छिमेकीलाई भेला गरेर फर्किंदा श्रीमान मिनबहादुरको मृत्यु भएको पाइएको उनले प्रहरी समक्ष दिएको प्रारम्भिक जानकारीमा उल्लेख गरेकी छिन।

प्रहरी निरिक्षक रामकुमार लामिछानेले मृत्यु शंकास्पद भएकोले सबै नाकामा शंकास्पद व्यक्तिको तलासी र सोधपुछ भइरहेको जानकारी दिए । तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान थालिने प्रहरीले जनाएको छ। मृतक सामान्य परिवारका हुन्। घरमा श्रीमती र मीनबहादुर बस्दै आएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार