कागबेनीधाममा पितृलाई तर्पण दिन हिडेका स्याङजाका एक तिर्थालुको लेक लागेर निधन

कागबेनीधाममा पितृलाई तर्पण दिन हिडेका स्याङजाका एक तिर्थालुको लेक लागेर निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १४ बैशाख २०८२
  • 74.6K
    Shares

पोखरा, १४ बैशाख २०८२।

मुक्तिनाथ दर्शनका साथमा कागबेनीधाममा आफ्ना पितृलाई तर्पण दिन हिडेका स्याङ्गजाका एक तिर्थालुको लेक लागेर निधन भएको छ।

स्याङ्जाबाट मुक्तिनाथ दर्शनका साथमा कागबेनीधाममा पितृलाई तर्पण दिन भनेर हिडेका २३ जना मध्ये स्याङ्जाको कालीगण्डकी गाउँपालिका–२ का ७५ वर्षीय गोपीराम गाहाको शनिबार साँझ लेक लागेर निधन भएको हो।

स्याङ्जाबाट म्याग्दी हुँदै मुस्ताङ आउने क्रममा मुस्ताङको मार्फा आइपुग्दा गाहालाई लेक लागेको र स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि प्रदेश अस्पताल जोमसोम पुर्याइएकोमा निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार