बाराही टोल विकास संस्थाद्वारा नेपाल भ्रमण वर्ष पार्कको सौन्दर्यकरण र पुनर्निर्माणको तयारी

बाराही टोल विकास संस्थाद्वारा नेपाल भ्रमण वर्ष पार्कको सौन्दर्यकरण र पुनर्निर्माणको तयारी


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १३ बैशाख २०८२
  • 8K
    Shares

पोखरा, १३ बैशाख २०८२।

पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाइडस्थित बाराही टोल विकास संस्थाका पदाधिकारीहरु र सदस्यहरु नेपाल भ्रमण वर्ष पार्कको सौन्दर्यकरण र पुनर्निर्माणको तयारीमा लागेका छन्।

आज बिहान उक्त पार्कको सरसफाई गरेका उनीहरुले नेपाल भ्रमण वर्ष पार्कको सौन्दर्यकरण र पुनर्निर्माणको तयारीमा लागेका हुन्।

उनीहरुले गरेको तयारीमा गण्डकी प्रदेश अन्तरगतको सामाजिक विकास तथा भौतिक निर्माण मन्त्री बिन्दुकुमार थापाले साथ् र सहयोग गर्ने बचन दिए। उक्त सरसफाई कार्यक्रममा सहभागी प्रदेश मन्त्री थापाले टोल विकास संस्थाले गर्ने हर कार्यक्रममा आफु सहयोग गर्न तयार रहेको बताउदै पार्कको पुनर्निर्माणपछि पोखराको पर्यटन व्यवस्थापनमा थप सहजता आउने विश्वास व्यक्त गरे। उनले यस पार्कको संरक्षण तथा व्यवस्थापनमा सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

उक्त अवसरमा संस्थाका सचिव कृष्ण क्षेत्री ‘उदय’ ले फेवाताल क्षेत्रलाई पर्यटकिय केन्द्रबिन्दु बनाउन र पर्यावरणलाई सौन्दर्यीकरण गर्नतर्फ टोल विकास संस्था तयार रहेको जानकारी दिए।

अभियन्ता हरि पहाडीले नेपाल भ्रमण वर्ष पार्कको पुनर्निर्माण तथा सौन्दर्यकरणका लागि मास्टर प्लान तयार भैसकेको जानकारी दिंदै मास्टर प्लान कार्यान्बयन गर्न आबश्यक बजेट ब्यबस्थापन गरिदिन प्रदेश मन्त्री थापासंग अनुरोध गरे। उनले पार्कमा सूचना केन्द्र, सार्वजनिक शौचालय, खानेपानी, पर्यटक र पैदल यात्रुका लागि छहारीको ब्यबस्था गरिने जानकारी दिए।

संस्थाका अध्यक्ष गोमा पंगेनीको अध्यक्षतामा सम्पन्न त्यस कार्यक्रममा पर्यटन व्यवसायी दोर्जे लामा, स्थानीय बुद्धिजीवी कृष्णप्रसाद पहारी, २०४६ सालमा पार्क निर्माण अभियानका तत्कालीन सचिव तोपबहादुर अधिकारी समेतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार