गण्डकी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयद्वारा पोखराका दुई सहित १३ वटा सहकारीको संस्था दर्ता खारेज

गण्डकी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयद्वारा पोखराका दुई सहित १३ वटा सहकारीको संस्था दर्ता खारेज


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १३ बैशाख २०८२
  • 47.9K
    Shares

गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय पोखरा

पोखरा, १३ बैशाख २०८२।

गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय पोखराले पोखराका दुईसहित तीन वटा सहकारी संस्थाहरुसहित १३ वटा सहकारी संस्थाहरुको दर्ता खारेज गरिदिएको छ।

रजिस्ट्रार रिजालले यस निर्णयलाई सहकारी सुदृढीकरणका लागि आवश्यक कदमको रूपमा देखेका छन्। उनले भने, ‘निष्क्रिय सहकारीलाई अद्यावधिक गरी सक्रिय र क्रियाशील राख्न खारेजी अत्यन्त जरुरी छ । यसले सहकारीको गुणस्तर र प्रगतिमा सुधार ल्याउनेछ ।’

खारेज गरिएका सहकारी संस्थाहरूको सञ्चालनमा कुनै दायित्व, लेनदेन वा ऋण भएमा, त्यसको जिम्मेवारी सम्बन्धित सहकारी संस्थाका सञ्चालक र पदाधिकारीहरूलाई नै लिनु पर्ने कुरा कार्यालयको सूचनामा उल्लेख गरिएको छ । यसमा सहकारी संस्थाका सेयर सदस्य र अन्य सरोकारवालाहरूलाई पनि सूचित गरिएको छ । उनीहरूले खारेज गरिएका सहकारी संस्थासँगको कुनै दायित्व भएमा सम्बन्धित सञ्चालक वा पदाधिकारीसँग सम्पर्क राख्नुपर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार