नेबि संघका नेता – कार्यकर्ताहरुद्वारा प्रम निवास अगाडि प्रधानमन्त्रीबिरुद्ध नाराबाजी : केन्द्रीय सदस्यसहित आठजना पक्राउ

नेबि संघका नेता – कार्यकर्ताहरुद्वारा प्रम निवास अगाडि प्रधानमन्त्रीबिरुद्ध नाराबाजी : केन्द्रीय सदस्यसहित आठजना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १२ बैशाख २०८२
  • 7.4K
    Shares

पोखरा, १२ बैशाख २०८२।

प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्ने आठ जना नेपाल विद्यार्थी संघका नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ नेपाल विद्यार्थी संघका नेताहरूमा केन्द्रीय सदस्य विनोदराज जोशी, विवेक आचार्य, उपाशना अधिकारी, आरआर क्याम्पस ईकाइ सभापति जितेन्द्र तिमिल्सिना, नेविसंघ अस्कल क्याम्पस नेता सुमित भट्टराई, नेविसंघ नेपाल ल क्याम्पसका नेताहरु मनिष भट्टराई र आदर्श तिवारी, नेविसंघ काठमाडौँ स्कुल अफ ल का नेता हिमाल विष्ट रहेका छन् ।

उनीहरूले प्रदर्शन गर्दै प्रधानमन्त्रीले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई अनावश्यक दबाब दिएर राजीनामा दिन बाध्य बनाएको बताएका थिए । शिक्षामन्त्रीलाई असहयोग गरेर राजीनामा दिन बाध्य बनाएको, शिक्षकका मागहरु पूरा गर्न तत्परता नदेखाएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

‘त्रिभुवन विश्वविद्यालयको भिसि नियुक्तिमा खुल्ला प्रतिस्पर्धा खोई ?, शिक्षा ऐन लागू गर, शिक्षामन्त्रीको राजीनामा किन ?, प्रधानमन्त्री बोलेको बोल्यै विद्यार्थी हेरेको हेर्यै’ लगायत नारा लेखिएको पम्प्लेट बोकेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार