पोखरा, ११ बैशाख २०८२।
भरतपुरको न्यू होराइजन इङ्लिस स्कुलका प्राचार्य ओमराज मैनाली मृत अवस्थामा भेटिएका छन् ।
तीन दिनदेखि सम्पर्कबिहीन मैनाली भरतपुर महानगरपालिका वडा नं. १ स्थित नारायणी नदी किनारमा मैनालीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
देवघाट जंगलको ढुंगेधारा ठीक तलपट्टी नारायणी नदी किनारमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको हो ।
भरतपुर महनगरपालिका वडा नं. ११ भोजाड बस्दै आएका ४५ बर्षका मैनालीले केहिदिन अघिमात्रै न्यू होराइजन इङ्लिस स्कुलमा सेवा आरम्भ गरेका थिए ।
त्यसअघि मैनाली अंकुरम एकेडेमीका सहायक प्राचार्यको रुपमा कार्यरत थिए ।
मैनालीका श्रीमती र २ छोरीहरु हुनुहुन्छ ।