पोखरा, १० बैशाख २०८२।
पोखराको बिरौटामा जारी ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञको प्रचार प्रसार गर्न बिहिबार बिहान पोखरामा साइकल र्याली गर्ने तयारी गरिएको छ।
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन मानवसेवा फाउण्डेशनले बिहिबार बिहान पोखरामा साइकल र्याली गर्न लागेको हो।
उक्त साइकल र्याली कोटीहोमस्थल बिरौटाबाट शुरु भएर ड्यामसाईड—लेकसाइड हुँदै हल्लनचोक—जिरोकिलोमिटर—मालेपाटन—बाग्लुङ्ग बस पार्क हुँदै बिन्दवासिनी मन्दिर—भैरवटोल—नालामुख—तेर्सापट्टि,महेन्दपुल—चिप्लेढुङ्गा, न्यूरोड—सभागृहचोक, पृथ्वीचोक—नागढुङ्गा—पुरानो एयरपोर्ट तथा पार्दी हुँदै पुन कोटीहोमस्थल विरौटामा पुगेर समापन हुने आयोजक मानवसेवा फाउण्डेशनले जनाएको छ ।
स्वास्थ्य, वातावरण तथा पर्यटन प्रवर्द्धनका लागि साइकल र्यालीले महत्वपूर्ण सन्देश प्रवाह गर्ने, साइक्लिङका माध्यमबाट इन्धनको बचत गर्न, मानव स्वास्थ्यलाई सधैँ चुस्त राख्न र यसका माध्यमबाट पोखरा भ्रमण बर्ष २०२५ को विकासमा टेवा पुर्याउन साइकल र्याली फलदायी हुने महायज्ञका संकल्पकर्ता विजय कृष्ण मुर्ति महाराजले बताए । साथै उनले सम्पूर्ण पोखराबासीहरुलाई उक्त साइकल र्यालीमा सहाभागिताको लागि निमन्त्रणा पनि गरेका छन् ।
मानसेवा फाउण्डेशनले यही बैशाख १२ गते मोटसाइकल र्याली, बैशाख १३ गते ट्याक्सी र्याली, बैशाख १४ गते फेवातालमा डुङ्गा र्याली गर्दै बैशाख १६ गते बृहत कशलयात्रा समेत गर्ने भएको छ ।