निर्दयी आमा ! तनहुँमा ढुंगाले हानेर चार महिनाको छोराको हत्या

निर्दयी आमा ! तनहुँमा ढुंगाले हानेर चार महिनाको छोराको हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १० बैशाख २०८२
  • 8.7K
    Shares

महिला पक्राउ

पोखरा, १० बैशाख २०८२।

सुन्दा नि आङ नै जिङ्ग्रिङ्ग हुन्छ, एउटा आमा जसले आफैले जनमाएको चार महिनाको छोरालाई ढुंगाले हानेर मार्यो भन्दा। हो, त्यस्तै भएको छ, तनहुँमा।

तनहुँको घिरिङ गाउँपालिका-४ थामडाँडास्थित माइतीघर आएकी नवलपरासी बैदिकाली गाँउपालिका-२ अर्मले घर भएकी ३६ वर्षीया कमला परियारले आफ्नै चार महिनाको बच्चालाई ढुंगा प्रहार गरी हत्या गरेकी जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

साँझ करिब ७ बजेको समयमा भिमादबाट नवलपरासी सुस्ता पूर्व डेढगाउँ जाने सडक खण्डमा उनले आफ्नै चार महिनाको छोरा अर्जुन परियारलाई ढुङ्गाले हानेर गम्भीर घाइते बनाएकीमा तत्काल उद्धार गरेर उपचारका लागि रामपुर अस्पताल पाल्पा पुर्याइएकोमा उपचारको क्रममा सोमबार राति साढे ९ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए।

कमलालाई इलाका प्रहरी कार्यालय डेढगाँउ नवलपरासीले नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय तनहुँ उपस्थित गराएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानपछि कमलालाई कर्तव्य ज्यान मुद्दा शीर्षकमा तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार