पोखरा,५ बैशाख २०८२।
बाराबाट एक जना पत्रकार पक्राउ परेका छन्। पर्साको वीरगंज महानगरपालिका–१० घडिअर्वा घर भई हाल सोही स्थानको वडा नंम्बर १६ नवगा टोल बस्ने ४५ वर्षीय पत्रकार विष्णु सर्राफ बारामा पक्राउ परेका हुन्।
‘आफुलाई पत्रकार भन्ने विष्णु सर्राफले पत्रकार हुँ भन्दै पत्रकारिताको आडमा धाक धम्की दिई रकम असुल गर्ने जस्ता कार्य गरि रहेको सूचना प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले बाराको प्रसौनी गाउपालिका–३ प्रसौनी गण्डक चोकबाट सर्राफलाई बिहिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
प्रहरीले सर्राफबिरुद्ध बाराका उद्योगी , ब्यापारी र ब्यबसायीहरुलाई पत्रकारिताको आडमा धम्क्याएर रकम असुली गरेको आरोप लगाएको छ। तर हालसम्म आरोपित व्यक्तिले रकम लिएको आधार भने भेटाएको छैन । यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।