पोखरा,४ बैशाख २०८२।
सोलुखुम्बुमा आफ्नै बाबुले पांच वर्षीया आफ्नै छोरीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन्। सोलुखुम्बुको थुलुङ दुधकोशी गापा ९ लोखीमका ३२ वर्षीय चामकुमार तामाङले आफ्नै पाँच बर्षीया छोरीलाई आज धारिलो हतियार प्रहार गरी घाइते भएका हुन् ।
सोलुखुम्बु जिल्लाको लोखिममा आफ्नै बाबुले छोरीलाई धारिलो हतियार प्रहार गरेका छन्। थुलुङ दूधकोशी गाउँपालिका ९ लोखिमका ३२ वर्षीय चाम कुमार तामाङले पाँच बर्षीया छोरीलाई आज बिहिबार धारिलो हतियार प्रहार गरेका हुन् । घाइते बनेकी पांच वर्षीया छोरीको कानभन्दा माथि कन्चट, देब्रे गालाभन्दा माथि र पुरपुरो लगायतका ठाउँमा चोट पुगेको बताइएको छ । छोरीलाई प्राथमिक उपचार पश्चात् थप उपचारका लागि पालिका अस्पताल दुधकोशीमा पठाइएकोमा उनको टाउकोमा लागेको चोटबाट रक्तश्राव धेरै भएकाले सघन उपचारका लागि काठमाडौ पठाइएको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुका प्रहरी नायव उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।
छोरीलाई खुकुरी हानेर घाइते बनाएपछि भाग्दै गरेका चाम कुमार तामाङलाई स्थानीय बासिन्दाहरुको सहयोगमा सुकेपोखरी प्रहरी चौकिबाट खटिएको प्रहरी टोलीले फलाटे फेदि खोलानजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
उक्त घटनाको विषयमा अनुसन्धान भइरहेको सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले बताए ।