तनहुँको गल्छिनामा दुई मोटरसाईकल ठोक्किए : एकजनाको मृत्यु, दुईको अवस्था गम्भिर

तनहुँको गल्छिनामा दुई मोटरसाईकल ठोक्किए : एकजनाको मृत्यु, दुईको अवस्था गम्भिर


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ४ बैशाख २०८२
  • 8.2K
    Shares

पोखरा,४ बैशाख २०८२।

तनहुँको गल्छिनामा दुई वटा मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

दुलेगौंडाबाट खैरेनीटारतर्फ जादै गरेको लु १४ प २२४७ नंं. को पल्सर मोटरसाईकल र खैरेनीटारबाट दुलेगौंडा आउदै गरेको लु प्र ०१००१ प ५६६८ नंं. को मोटरसाईकल बुधबार साँझ पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी–४ गल्छिनामा एकापसमा ठोक्किंदा एकजनाको मृत्यु भएको हो भने दुई जना गम्भीर घाइते भएका छन्।

उक्त दुर्घटनामा परेर शुक्लागण्डकी–३ कवासेका करिव १९ वर्षका रोमन लम्सालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक पोषण थापाले जानकारी दिए ।

सोही दुर्घटनामा परेर पल्सर मोटरसाईकलका चालक शुक्लागण्डकी–४ का २० वर्षिय सुसन आले र सोहि ठाउँका १९ वर्षिय निश्चल गुरुङ घाइते भएका छन् । उनीहरुको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था गम्भिर रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार