शिकार खेल्ने क्रममा गोली लागेर कपिलबस्तुमा एक युवाको मृत्यु, बन्दुकसहित पक्राउ परे तीन साथी

शिकार खेल्ने क्रममा गोली लागेर कपिलबस्तुमा एक युवाको मृत्यु, बन्दुकसहित पक्राउ परे तीन साथी


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १ बैशाख २०८२
  • 3.5K
    Shares

पोखरा, १ बैशाख २०८२।

कपिलबस्तुमा शिकार खेल्ने क्रममा एक जनाको मृत्यु भएपछी प्रहरिले उनका तीन जना साथीहरुलाई पक्राउ गरेको छ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ गब्दाहवास्थित बुद्ध सामुदायिक वनको खयरभट्टी क्षेत्रमा शिकार खेल्ने क्रममा गोली लागेर २८ वर्षीय समुन्द्र गाहा मगरको मृत्यु भए पछि प्रहरीले उनका तीन जना साथीहरुलाई पक्राउ गरेको हो।

उक्त घटनामा संलग्न रहेको आरोपमा स्थानीय ३४ वर्षीय राम बहादुर थारु, ३६ वर्षीय कालु भनिने राम थारु, र प्रवेश थारुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए।

शिकार खेल्ने क्रममा गोली लागेर समुन्द्र गाहा मगरघाइते भए पछि उनीहरुले नै उपचारका लागि भैरहवा मेडिकल कलेज पुर्‍याएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनास्थलबाट प्रहरी टोलीले एक लोडेड बन्दुकसहित दुई नाल भरुवा बन्दुक बरामद गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार