पोखरा, १ बैशाख २०८२।
हुन्डी कारोबारमा संलग्न गोरखाकी एक किशोरी काठमाडौँमा समातिएकी छिन्। पालुङटार नगरपालिका–१० बागडाँडाकी १९ वर्षिय करिना देवकोटालाई आईतबार जिल्ला प्रहरी परिषर काठमाडौँले समातेको हो ।
उनको साथबाट प्रहरीले नौँ लाख रुपैँया नगद र ६ लाख रुपैँयाको सक्कल चेक बरामद गरेको छ । देवकोटालाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनका लागी हिरासतमा राख्न म्याद थप अनुमति लिई घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।