पोखरामा मोटरसाइकल दुर्घटना : लमजुङका युवाको मृत्यु, अर्का घाइते

पोखरामा मोटरसाइकल दुर्घटना : लमजुङका युवाको मृत्यु, अर्का घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३१ चैत्र २०८१
  • 62.9K
    Shares

तीन वटा मोटरसाइकल ठोक्किए

पोखरा, ३१ चैत २०८१।

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा लमजुङका एक युवाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

पोखरा ६ हल्लनचोकबाट जिरोतर्फ जाँदै गरेको ग.१३ प. ५९९८ नम्बरको मोटरसाइकल आइतबार बिहान पोखरा महानगरपालिका–६ बुलौदीस्थित सडकमा दुर्घटना हुँदा मोटरसाइकलमा सवार युवाको मृत्यु भएको हो।

उक्त दुर्घटनामा परेर पोखरा बस्ने लमजुङ घर भएका २९ वर्षीय बुद्धि गुरुङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । सांकेतिक फोटो

प्रतिक्रिया
सम्बन्धित समाचार