बसको झ्यालबाट टाउको बाहिर निकाल्दा म्याग्दीस्थित धर्मशालाको गेटमा ठोक्किएर सल्यानकी बालिकाको मृत्यु

बसको झ्यालबाट टाउको बाहिर निकाल्दा म्याग्दीस्थित धर्मशालाको गेटमा ठोक्किएर सल्यानकी बालिकाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३० चैत्र २०८१
  • 6.7K
    Shares

पोखरा, ३० चैत २०८१।

बसको झ्यालबाट टाउको बाहिर निकाल्दा गलेश्वरको धर्मशालाको गेटमा ठोक्किएर म्याग्दीमा एक बालिकाको मृत्यु भएको छ।

मुस्ताङ सदरमुकाम जोमसोमबाट म्याग्दीको बेनीतर्फ आउँदै गरेको रा १ ख १६१३ नम्बरको बस शुक्रबार राति करिब १० बजेको समयमा बेनी नगरपालिका वडा नम्बर ९, गलेश्वरस्थित धर्मशाला परिसरभित्र जाने क्रममा टाउको गेटमा ठोक्किएर उक्त बसमा सवार सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका–६, लवाङकी १५ वर्षीया सरस्वती ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलले जानकारी दिए ।

धर्मशालाको गेटमा ठोक्किएर बेहोश भएकी ती बालिकालाई तत्काल बेनी अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषित गरेको प्रहरी निरीक्षक पौडेलले बताए। शब पोस्टमार्टमका लागि अस्पतालको शव गृहमा राखिएको र बसचालकलाई आबश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार