सिद्धार्थ राजमार्गमा पहिरो, कारमा ढुंगाले लाग्दा एकजना घाइते

सिद्धार्थ राजमार्गमा पहिरो, कारमा ढुंगाले लाग्दा एकजना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३० चैत्र २०८१
  • 9K
    Shares

पोखरा, ३० चैत २०८१।

सिद्धार्थ राजमार्गमा पहिरो जाँदा एकजना घाइते भएका छन्। पाल्पाको तिनाउ गाउँपालिका- ३, दोभान सिद्धबाबा क्षेत्रमा शनिबार बिहान ४ बजेतिर खसेको पहिरोमा परी एकजना घाइते भएका हुन्।

चारजना सवार लुम्बिनी प्रदेश ज ०२७६ नम्बरको कारमा पहिरो खस्दा ५० वर्षीय गणेश गैरे घाइते भएका हुन्। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ। ठूलो ढुंगाले लागेको कार पूर्णरूपमा क्षति पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार