पोखरा, ७ फागुन २०८१।
दाङको ट्वाङ्खोलामा गएराती बस दुर्घटना हुँदा १३ जना यात्री घाइते भएका छन्।
सुर्खेतदेखि काठमाडौँ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख -०७०१ नम्बरको बस दाङको बबई गाउँपालिका- २ तल्लो ट्वाङ्खोलाको घुम्तीमा गएराती दुर्घटना हुँदा १३ जना घाइते भएका हुन्।
उक्त दुर्घटनामा घाइते भएका १३ जनामध्ये गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको र बाँकी १० जना सामान्य उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बसमा ५५ जना यात्रु सवार थिए ।
‘घुम्ती र कच्ची सडक भएकाले बसले नियन्त्रण गुमाउन पुग्दा दुर्घटना भएको देखिएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरिक्षक खिमबहादुर खड्काले जानकारी दिए ।
उक्त दुर्घटना भएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय खिलतपुर र हापुरेको प्रहरी टोलीले घाईतेको उद्धार गरेको खिलतपुरका प्रहरी निरिक्षक खिमबहादुर खड्काले बताए ।