पोखरा, ५ फागुन २०८१।
कास्कीको माछापुच्छ्रे गाँउपालिका– ७ धम्पुसस्थित लेककुनाबाट एक जना बृद्ध एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजासहित पक्राउ परेका छन् ।
स्थानीय ७२ वर्ह्सीय आईत सिं गुरुङलाई एक थान एकनाले भरुवा बन्दुक र करीब डेढ किलो गाँजासहित शनिबार अपरान्ह्र १२ बजेको समयमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
गुरुङको घरकोठा खानतलासी गर्दा उनी सुत्ने कोठा भित्र अबैध रुपमा राखिएको एक नाले भरुवा बन्दुक १ थान, सोही बन्दुकमा लाग्ने बारुद तीनसय ५० ग्राम र लागू औषध गाँजा एककिलो पांच सय ग्राम समेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
गुरुङले लागूऔषध गाँजा सञ्चय तथा विक्री वितरण गर्नुका साथै हातहतियार (बन्दुक) राखि वन्यजन्तुको शिकार गर्ने गरेको भन्ने गोप्यसूचनाको आधारमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलिले उनलाई पक्राउ गरेको हो ।
पक्राउ गरेका गुरुङलाई जिल्ला अदालत कास्कीबाट हातहतियार तथा खरखजना र लागू औषध सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।