पर्वतको बाच्छामा जिप दुर्घटनाग्रस्त : एकको मृत्यु , जिप चालक घाइते

पर्वतको बाच्छामा जिप दुर्घटनाग्रस्त : एकको मृत्यु , जिप चालक घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ४ फाल्गुन २०८१
  • 4.4K
    Shares

पोखरा, ४ फागुन २०८१।

पर्वतमा शनिबार दिउसो जिप दुर्घटनाग्रस्त हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

जिल्लाको बिहादी गाउँपालिका–१ बाच्छामा शनिबार दिउँसो भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको हो भने एकजना घाइते भएका छन् ।

उक्त दुर्घटनामा परेर बिहादी–१ कमेरेका ५० वर्षीय बलबहादुर माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिए।

सोहि दुर्घटनामा परेर जिप चालक समेत रहेका कुश्मा नगरपालिका–१ मालढुङ्गाका ४५ वर्षीय चन्द्र माझी घाइते भएका प्रहरी निरीक्षक सापकोटाले बताए। जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेका चालक माझीको टाउको, निधार र छातीमा चोट लागेको प्रहरीले जानकारी दिएको छ। शव परीक्षणका लागि पर्वत अस्पतालमा राखिएको छ ।

प्रहरीका अनुसार , बागलुङको जैमिनीबाट कुश्मातर्फ फर्किने क्रममा बिहादी–१ बाच्छास्थित बाह्रबिसेको उकालो सडकमा ध १ च २८२ नंको जिपको ब्रेक नलागेर उक्त दुर्घटना भएको प्रहरीले बताएको छ।

उक्त दुर्घटना बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। फाइल चित्र

प्रतिक्रिया
सम्बन्धित समाचार