डिपेन्डेन्ट भिसामा युके पठाउने आश्वासन दिएर पोखरामा ठगी: काभ्रेका दुई युवा काठमाण्डौबाट समातिए

डिपेन्डेन्ट भिसामा युके पठाउने आश्वासन दिएर पोखरामा ठगी: काभ्रेका दुई युवा काठमाण्डौबाट समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३ फाल्गुन २०८१
  • 3.6K
    Shares

पोखरा, ३ फागुन २०८१।

फेसबुकमा नक्कली आईडी बनाएर डिपेन्डेन्ट भिसामा युके पठाउने आश्वासन दिएर ठगी गर्ने दुई जना काभ्रेका युवा काठमाण्डौबाट पक्राउ परेका छन्।

‘नेहा गुरुङ’ नामक नक्कली फेसबुक अकाउन्ट बनाएर सोही फेसबुकमार्फत सम्पर्क गरी प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा काभ्रेका दुई युवा काठमाण्डौको सोह्रखुट्टेबाट पक्राउ परेका हुन्।

पक्राउ परेका अभियुक्तहरुमा काभ्रेपलाञ्चोक, चौरी देउराली गाउँपालिका–७ का १९ वर्षीय मनिष भुजेल र भूम्लु गाउँपालिका–४ का २१ वर्षीय निशान पहारी रहेका प्रहरीले जानकारी दिएको छ।

उनीहरुले उक्त नक्कली फेसबुक आइडीमार्फत पोखराका एक जनालाई डिपेन्डेन्ट भिसामा युके पठाउने आश्वासन दिएर ६ लाख एक हजार नौसय ५५ रुपैयाँ ठगेको आरोप प्रहरीले लगाएको छ।

कास्की प्रहरीले उनीहरुविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार