डान्सबारमा युवाहरुबीच कुटाकुट : एकको मृत्यु , डान्सबार संचालकसहित तीन जना पक्राउ

डान्सबारमा युवाहरुबीच कुटाकुट : एकको मृत्यु , डान्सबार संचालकसहित तीन जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २ फाल्गुन २०८१
  • 12.3K
    Shares

पोखरा, २ फागुन २०८१।

नवलपरासीको बर्दघाटस्थित एक डान्सबारमा युवाहरुबीच भएको झडपमा परेर एक युवाको मृत्यु भएको छ ।

डान्सबारभित्र भिडियो खिचेको निहुँमा आपसमा विवाद हुँदा उक्त घटना भएको प्रहरीले जनाएको छ । बर्दघाट नगरपालिका–१३, जमुनाबारीमा रहेको नशा रेष्टुरेन्ट एण्ड डान्स बारमा माघ २८ गते राति युवाहरूबिच आपसमा विवाद हुँदा कुटाकुट भएको प्रहरीले जनाएको हो ।

उक्त कुटाकुटमा परेर गम्भीर घाइते भएका प्रतापपुर गाउँपालिका–९, खैरेनीका ४५ वर्षीय सन्तबहादुर चौधरीको उपचारको क्रममा बुटवलमा मृत्यु भएको हो । घटनामा मिन्टु र सरोजकुमार चौधरी पनि घाइते भएका थिए ।

चौधरीको मृत्यु भए पछि उक्त घटनामा संलग्न भएको भन्दै प्रहरीले डान्स बारका सञ्चालक राकेश हरिजनसहित प्रतापपुर–१ बस्ने अमित चौधरी र सरोज चौधरीलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार