पोखरा, १ फागुन २०८१।
दोलखाको वैतेश्वर माध्यमिक विद्यालयकी शिक्षिका उषा तामाङ लामाले आफूमाथि आक्रमण प्रयास गर्ने युवाबिरुद्ध जिल्ला प्रहरी कार्यालय दोलखामा ज्यान मार्ने उद्योगबिरुद्धको कसुरमा उजुरी दिएकी छिन्।
शिक्षिका लामाले आफ्नै फुपुको छोरा भीमेश्वर नगरपालिका–५ निवासी ३२ वर्षीय सुन्दर अधिकारीबिरुद्ध जिल्ला प्रहरी कार्यालय दोलखामा ज्यान मार्ने उद्योगबिरुद्धको कसुरमा उजुरी दिएकी हुन्।
शिक्षिका लामाले फुपुको छोरा समेत रहेका अधिकारीले आफूमाथि माघ २८ गते खुकुरी समेतले आक्रमण प्रयास गरेको भन्दै कारबाहीको माग राखेर प्रहरीमा उजुरी दिएकी थिइन्। तर उनी अझै पक्राउ परेका छैनन्।
घटना भएकै दिन प्रहरीमा किटानी जाहेरी दिएपनि पक्राउ पर्न नसक्दा आफुहरु त्रसित भएको पीडित परिवारजनले बताएका छन् । शिक्षिका तामाङले कुटपिट भएकै दिन सोमबार नै जिल्ला प्रहरी कार्यालय दोलखामा किटानी जाहेरी दिएकी थिईन् ।
दोलखा प्रहरीले भने शिक्षिमाथिका कुटपिट गर्ने र खुकुरी देखाएर आतंक मच्चाउने युवकको खोजी भईरहेको बताएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक (ईन्स्पेक्टर) दाताराम अधिकारीले फरार युवक चाँडै पक्राउ पर्ने दावि गर्नुभयो ।
शिक्षिका तामाङलाई सोमबार बिहान वैतेश्वर गाउँपालिका–६ नाम्दुस्थित वैतेश्वर माविको गेटबाट निस्कने क्रममा उनकै फुपुको छोराले आक्रमण गरि खुकरी प्रहारको प्रयास गरेका थिए ।
शिक्षिका तामाङका अनुसार हजुरआमाको नाममा रहेको जग्गा अधिकारीले जानकारी विनै आफ्नो नाममा नामसारी गरेका थिए । सो जग्गाको विषयमा उच्च अदालतमा मुद्दा दायर गरिएपछि अधिकारीले बाटोमा ढुकेर मुद्दा फिर्ता लिन दवाव दिँदै गाली गलौज र हातपातका साथै आक्रमण गरेको पीडित तामाङको भनाई छ ।
सामाजिक संजालमा भाइरल भैरहेको सीसीटिभी फुटेजमा शुरुमा युवकले उनलाई हुत्त्याएर लडाएपछि खुकुरी प्रहार गर्न खोजेको देखिन्छ । स्थानीयले प्रतिकार गरेपछि आक्रमणकारी फरार भएका छन् ।