पर्वतको ठूलढुङ्गा सामुदायिक वनमा आगो लगाएको आरोपमा दुई युवा पक्राउ

पर्वतको ठूलढुङ्गा सामुदायिक वनमा आगो लगाएको आरोपमा दुई युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १ फाल्गुन २०८१
  • 6.4K
    Shares

पर्वतको कुश्मा १४ बगाल थोकस्थित ठूलढुङ्गा सामुदायिक वनमा आगलागी गर्ने सुवास पौडेल र रमेश पौडेल

पोखरा, १ फागुन २०८१।

पर्वतको ठूलढुङ्गा सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ।

जिल्लाको कुश्मा नगरपालिका वडा नं १४ बगाल थोकस्थित ठूलढुङ्गा सामुदायिक वनमा आगलागी बिहिबार बिहान साढे ११ बजे आगो लगाएको आरोपमा दुई जना युवालाई प्रहरीले पक्ज्राउ गरेको हो।

कुश्मा १४ बगालथोकका २६ वर्षीय सुवास पौडेल र ३१ वर्षीय रमेश पौडेललाई उक्त सामुदायिक वनमा आगो लगाएको आरोपमा शुक्रबार दिउँसो दुई बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ।

पक्राउ दुवै जनालाई आबश्यक कानूनी कारबाहीका लागि डिभिजन वन कार्यालय पर्वत पठाईएको प्रहरीले जनाएको छ।

यसैबीच कसैले वन जंगलमा आगोलागी गराएको थाहा पाएमा तुरुन्त नजिकको प्रहरी कार्यालयमा वा पैसा नलाग्ने फोन १०० मा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार