झापामा गएराती एक महिलाको शव नग्न अवस्थामा भेटियो

झापामा गएराती एक महिलाको शव नग्न अवस्थामा भेटियो


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३० माघ २०८१
  • 3.9K
    Shares

पोखरा, ३० माघ २०८१।
झापामा मंगलबार राती एक महिलाको शव नग्न अवस्थामा भेटिएको छ । जिल्लाको शिवसताक्षी नगरपालिका–११ दुधेमा स्थानीय ५५ वर्षीया गङ्गाकुमारी लिम्बू आफ्नै घरमा मृत भेटिएकी हुन्।

घरमा एक्लै बस्दै आएकी लिम्बू सोमबारदेखि सम्पर्कबिहीन रहेकी शिवसताक्षी नगरपालिका–११ का वडाध्यक्ष बहादुर आङ्गबोले जानकारी दिए ।

छिमेकीले घरको झ्यालबाट हेर्दा भान्सा कोठामा लडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले ढोका फोडेर शव निकालेर दमक अस्पताल पुर्याएको थियो ।

गङ्गाकुमारीका श्रीमान भारतमै बस्दै आएका वडाध्यक्ष आङ्गबोले बताए। घटनाबारे अनुसन्धान सुरु गरेको झिलझिले प्रहरीले जनाएको छ । सांकेतिक चित्र

प्रतिक्रिया
सम्बन्धित समाचार