दोलखामा दिउसै शिक्षिकामाथि खुकुरी प्रहार गर्ने प्रयास : स्थानीयाहरुद्वारा प्रतिकार (भिडियोसहित)

दोलखामा दिउसै शिक्षिकामाथि खुकुरी प्रहार गर्ने प्रयास : स्थानीयाहरुद्वारा प्रतिकार (भिडियोसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २९ माघ २०८१
  • 10.1K
    Shares

पोखरा, २९ माघ २०८१।

दोलखाको वैतेश्वर माध्यमिक विद्यालयकी शिक्षिका उषा तामाङ लामामाथि आक्रमण भएको छ ।

शिक्षिका तामाङमाथि बाटोमा कुरेर बसेका भीमेश्वर नगरपालिका ५ का सुन्दर अधिकारीले खुकुरी देखाएर हातपात र आक्रमण गरेका हुन् ।

शिक्षिका तामाङलाई सोमबार बिहान विद्यालयबाट निस्किने क्रममा आक्रमण गरिएको हो । आफु विद्यालयबाट निस्किए लगत्तै बाटोमा ढुकेर बसेका अधिकारीले हुत्ताएर लडाउनुका साथै खुकुरी निकालेर ज्यान मार्ने प्रयास गरेको शिक्षिका तामाङले बताइन् ।

आक्रमण गर्ने अधिकारी शिक्षिका तामाङकै फुपुको छोरा रहेको खुुलेको छ । तामाङको हजुरआमाको नाममा रहेको जग्गा अधिकारीले जानकारी विनै आफ्नो नाममा नामसारी गरेपछि सो विषयमा अदालतमा मुद्धा दायर भएको थियो ।

शिक्षिका तामाङको परिवारले दायर गरेको सो मुद्धा अदालतमा विचाराधिन रहेका बेला अधिकारीले हातपात र आक्रमण गर्दै खुकुरी प्रहार गर्ने प्रयास गरेका हुन् । सो जग्गाको विषयमा उच्च अदालतमा मुद्धा दायर गरिएपछि अधिकारीले मुद्धा फिर्ता लिन धम्की दिँदै गाली गलौज र हातपातका साथै आक्रमण गरेको पीडित तामाङले बताउनुभयो । शिक्षिका तामाङमाथि आक्रमण भएपछि स्थानीयले प्रतिकार गर्दै उनलाई बचाएका थिए ।

आफुमाथि आक्रमण भएपछि आजै जिल्ला प्रहरी कार्यालयमा आएर किटानी जाहेरी दिएको शिक्षिका तामाङले बताउनुभयो । तामाङ आज बिहान वैतेश्वर गाउँपालिका–६ नाम्दुस्थित वैतेश्वर माविको गेटबाट निस्कने क्रममा आक्रमण भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "mediaelement" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/janasanc/public_html/wp-includes/functions.php on line 6260