पोखरा, २८ माघ २०८१।
भारतमा लागिरहेको महाकुम्भ मेला जाँदै गरेको एक बस आइतबार सुर्खेतमा दुर्घटना हुँदा ३९ जना घाइते भएका छन्।
आइतबार साँझ पाँच बजेतिर त्न राजमार्गको बबई–हर्रे सडक खण्डको बबईदेखी एक किलोमिटर उत्तर–पश्चिम हर्रेतर्फ सुर्खेतको भेरीगंगा नगरपालिकाको बबई नजिकै भे १ ख ४३३१ नम्बरको बस दुर्घटनाग्रस्त हुँदा ३९ जना घाइते भएका हुन्।
भएको प्रहरी उपरीक्षक रूपेश खड्काले दिएको जानकारी अनुसार , उक्त बस सडकबाट तल खसेको छ । करिब ४० जना यात्रु सवार थिए। घाइते यात्रुहरूको उद्दार गरी मेडिकल कलेज कोहलपुर पठाइएको प्रहरी चौकी बबईले जनाएको छ। समाचार स्रोत नेपालगन्ज ग्यालरी






