सल्यानको श्रीनगर महोत्सव आयोजनास्थलमा मध्यराती आगलागी

सल्यानको श्रीनगर महोत्सव आयोजनास्थलमा मध्यराती आगलागी


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २७ माघ २०८१
  • 5.1K
    Shares

पोखरा, २७ माघ २०८१।

सल्यानको शारदा नगरपालिका–१ श्रीनगरमा आयोजित महोत्सव आयोजनास्थलमा आगलागी भएको छ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला शाखा सल्यानले आयोजना गरेको महोत्सवस्थलमा आगलागी भएको हो ।

माघ १८ गतेदेखि चलेको महोत्सवस्थलमा आगलागी भएकोबारे अनुसन्धान भइरहेको र रातको समयमा भएको आगलागीले गरेको क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको सल्यान प्रहरीले जनाएको छ ।

आगलागी भएको भिडियो सामाजिक सञ्जालमा पोष्ट भएसँगै घटनाबारे सबैतिरबाट चासो र चिन्ता प्रकट भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार