पोखरा, २६ माघ २०८१ ।
नारायणघाटबाट काठमाडौं जाँदै गरेको माइक्रो बस धादिङको पानीधारास्थित पृथ्वी राजमार्गमा दुर्घटनाग्रस्त हुँदा पांच जना घाइते भएका छन्।
शनिबार बिहान ८ बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० पानीधारास्थित पृथ्वी राजमार्गमा बा २ ख ७६३६ नम्बरको माइक्रो बस दुर्घटनाग्रस्त हुदा पांच जना यात्री घाइते भएका हुन्। माइक्रो आफै अनियन्त्रित भएर सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय धादिङ जनाएको छ।
उक्त दुर्घटनामा परेर चितवनको भरतपुर महानगरपालिका-९ का ४३ वर्षीय प्रकाश अधिकारी, वडा नम्बर ७ का ५० वर्षीय मनबहादुर पुन, वडा नम्बर ८ की २५ वर्षीया स्वस्तिका पौडेल, २३ वर्षीया अञ्जली रिजाल र वडा नम्बर ५ का ५० वर्षीय सुदर्शन थापा घाइते भएका प्रहरीले जानकारी दिएको छ।