आज यी क्षेत्रहरुमा हिमपातको सम्भावना

आज यी क्षेत्रहरुमा हिमपातको सम्भावना


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २६ माघ २०८१
  • 1.8K
    Shares

पोखरा, २६ माघ २०८१ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको छ । यी चार प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ ।

बिहानीपख तराईका भूभागहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको देखिन्छ । यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ।

प्रतिक्रिया
सम्बन्धित समाचार